विज्ञापनको आडमा यौन व्यापार
कञ्चन अधिकारी
यसै वर्षजेठमा सामाखुशीका निर्मल, २८, को लगनखेलकी सानु, २३, स“ग मागी विवाह भयो । बिहेको दर्ुइ महिना नबित्दै निर्मल र सानुको सम्बन्ध चिसिन थाल्यो । कारण थियो, निर्मलको लिङ्ग । लिङ्ग सानो भएकाले यौन सन्तुष्टि नपाएको गुनासो गरनि् सानुले । निर्मल भन्छन्, "मैले सन्तुष्टि दिन नसकेको भन्दै अरूसित सल्केको छिमेकीले सुनाएपछि दिनहु“ झगडा हुन थाल्यो ।" सानो लिङ्गबाट सा“च्चै यौन सन्तुष्टि मिल्दैन त - यही प्रश्न उब्जिरह्यो निर्मलको मनमा । निर्मललाई साथीले दैनिक अखबारहरूमा लिङ्ग बढाउने औषधि पाइने ठाउ““को विज्ञापन देखाइदिए ।
भदौको पहिलो साता निर्मल सोध्दैखोज्दै ललितपुरको ग्वार्काे चोकबाट लगभग ५० मिटरपर्ूवको तीनतले घरमा पुगे । साइनबोर्ड नराखिएको घरको दोस्रो तलाको कोठामा २० नाघेका तन्नेरीदेखि गाला चाउरएिका बूढाहरूसम्मको बाक्लो आवतजावत छ । कोठाको ओछ्यानमुनि र खाली ठाउ““मा छरपस्ट ससाना सिसीका बोतल र जडीबुटी छरएिका छन् । दाबी गरे अनुसार, यहा“ उपलब्ध छ लिङ्ग ठूलो बनाउने, स्तन सानो-ठूलो बनाउने र यौन समस्याका औषधिहरू ।
अविवाहित पुरुषको तुलनामा विवाहित पुरुषहरू त्यहा“ बढी जा“दा रहेछन् । सञ्चालक शिव तिवारी भन्छन्, "धेरैजसो श्रीमतीलाई यौन सन्तुष्टि दिन र आफूले लिन नसकेको समस्या लिएर आउ“छन् ।" उनको भनाइबाट सहरका बासिन्दामा यौन समस्या बढ्दै गएको बुभ\mन गाह्रो पर्दैन ।
विज्ञापन पक्कै आकर्ष थियो । निर्मल पनि उपचार भएपछि पारविारकि सुखको आशा बटुलेर गएका थिए । तर, त्यो आशा टिकिरहन पाएन । औषधिले नकारात्मक प्रभाव पारेपछि उनको आशा चकनाचुर भयो । उनलाई लिङ्गमा लगाउने मलम दिइएको थियो । भन्छन्, "मलाई साइड इफेक्ट ह“ुदैन भनेर दिइएको थियो ।" अहिले उनमा लिङ्ग चिलाउने र सुन्निनुका साथै उत्तेजित नहुने थप समस्या देखिएको छ ।
त्यसपछि निर्मल औषधि बिक्रेतालाई पक्राउ गर्न विभिन्न ठाउ“मा धाए । तर, कतैबाट सहयोग पाएनन् । भन्छन्, "मलाई एउटा मोबाइल नम्बर दिइएको थियो । अहिले त्यो नम्बर अफ गरएिको छ । न उसको डेरा थाहा छ, न त घर †" यस्ता मान्छेहरूले मोबाइल र डेरा बदलिरहने उनी बताउ“छन् । भन्छन्, "मेरो वैवाहिक जीवन झन् डा“वाडोल बन्यो ।" उनीहरूले विज्ञापनमा मोबाइल नम्बर मात्रै दिने गरेका छन् । कार्यालयको नाम, ठेगाना र कतै कसैको नाम उल्लेख हु“दैन ।
सङ्ख्यामा थोरै किन नहोस्, महिलासमेत यौनजन्य समस्या लिएर यस्ता ठाउ“ धाउन थालेका छन् । ललितपुरकी प्रतिमा रजिालको बिहे भएको तीन वर्षभइसकेको छ । उनको काखमा अहिले एकवर्षे बालक पनि छ । तर, उनको पनि वैवाहिक जीवन भने राम्रो छैन । उनले पतिको कचकच सुन्न नपरेको दिन नै छैन । भन्छिन्, "श्रीमान्ले यौन सन्तुष्टि दिन नसकेको भन्दै अपशब्द बोल्ने र मानसिक यातना दिने गर्नुहुन्छ ।" साथै, स्तन ठूलो र झोल्लिएकाले ‘नराम्री’ भनेर मानसिक दुःख दिने गरेका छन् पतिले ।
प्रतिमाको असन्तुष्टिस्वरूप उनका पति डिस्को र क्याबिन जान थालेका छन् । एनजीओकी कर्मचारी प्रतिमा कार्यालयकै साथीले पत्रिकाको विज्ञापन देखाइदिएपछि स्तन उपचारका लागि असनको न्हैकन्तल गल्लीमा पुग्छिन् । त्यहा“ यौनरोगको उपचारका साथै स्तनको आकार परविर्तन गरन्िछ । नामबिनाको त्यस उपचार केन्द्रका सञ्चालक विनोद रेग्मी भन्छन्, "स्तन ठूलो हुनु प्रतिमाको समस्या हो, हामीले खाने चर्ूण्ा र लगाउने तेल दिएका छौ“ ।" उनले औषधिको नाम भने खुलस्त पारेनन् । यत्ति भने, "यसरी सबै औषधिको नाम भन्यो भने त ग्राहक आफै“ले बनाउन थालिहाल्छन् नि †"
राजधानीमा निर्मल र प्रतिमाजस्ता सया“ै विवाहित र अविवाहित युवकयुवती यौन दर्ुबलताका कारण पर्ूण्ा यौन सन्तुष्टि लिन र दिन, लिङ्गको आकार बढाउन, स्तनको आकार सानो वा ठूलो बनाउन यसरी विज्ञापन गरएिका ठाउ“सम्म पुग्ने गरेका छन् । धादिङबाट चार वर्षघि काठमाडौ“ छिरेका शिव छत्कुली भन्छन्, "सबैखाले मानिसहरू यौन समस्यालाई लिएर फोन गर्छन् ।" छत्कुलीले पनि यस्तै काम गरेको झन्डै दर्ुइ वर्षभइसक्यो । उनी लिङ्गको आकार बढाउने औषधि बनाउने मात्र होइन, घरघरै पुर्याउ“छन् ।
त्यस्ता ठाउ“मा पुग्ने धेरैजसो पुरुषहरू लिङ्ग सानो भएर यौन सन्तुष्टि पाउन नसकेको र पत्नीको स्तन सानो भएको गुनासो गर्छन् । अन्य यौन समस्या लिएर पुग्ने पनि उत्तिकै छन् । विदेशमा बसेर आएका पुरुषहरू यौन रोगको समस्या लिएर आउने गरेको धन्वन्तरी आयर्ुवेद अस्पताल एन्ड रसिर्च सेन्टरका सहायक यौन रोग विशेषज्ञ जितेन्द्रकुमार मण्डल बताउ“छन् । भन्छन्, "मलेसिया र खाडी मुलुकमा काम गरेर आएका पुरुषहरू गानेरयिा, भिरङि्गी, एचआईभीजस्ता रोगबाट पीडित छन् ।"
महिलाको समस्या भने पुरुषको भन्दा कम पाइएको सञ्चालकहरू बताउ“छन् । त्यस्ता धेरै जनास“ग यौन सर्म्पर्क गर्ने महिलाहरू त्यहा“ पुग्छन् । उनीहरू लोग्नेले यौन सन्तुष्टि दिन नसकेको गुनासो लिएर नजाने भने होइनन् । महिलाहरू आकर्ष स्तन र योनी कसिलो बनाउन बढी धाउने विनोद रेग्मीको भनाइ छ । यस्ता महिलाहरूमा विवाहितभन्दा अविवाहित नै बढी छन् । सानोलाई ठूलो र झोल्लिएको स्तनलाई सानो बनाएर हि“ड्न मन पराउने युवतीहरू भेटेका छन् रेग्मीले । उनीकहा“ पुगेकी अनुका भन्छिन्, "केटीहरूलाई ठूलो स्तनले धेरै समस्या हुन्छ । नराम्री पनि देखिन्छ । केटाहरूले पनि मन पराउ“दैनन् ।"
आफूले बनाएको औषधि अहिलेसम्म तीन हजार जनाले प्रयोग गरेको र दिनदिनै यसको सङ्ख्या बढ्न थालेको शिव छत्कुलीको दाबी छ । भन्छन्, "मैले आयर्ुवेदिक औषधि बनाएको हु“ । यसले लिङ्गको आकार एक इन्च लामो र एक इन्च मोटाइ बढाउ“छ ।" शिवजस्तै पत्रिकामा विज्ञापन दिनेहरू यौन विशेषज्ञचाहि“ होइनन् ।
कतै तालिम नलिई बनाएको औषधिले नकारात्मक प्रभाव पार्ने बताउ“छन् धन्वन्तरीका मण्डल । आयर्ुवेदिक औषधिबाट लिङ्गको आकार बढाउन, स्तन सानो-ठूलो पार्नुका साथै शीघ्र स्खलन र यौन दर्ुबलताको औषधि नभएको दाबी गर्छन् उनी । भन्छन्, "अहिलेसम्म कतै पनि यस्ता औषधि बनेका छैनन् ।" तर, यसको उपचार औषधिभन्दा आयर्ुवेदका आठवटा विधामध्येका रसायनतन्त्र र बाजीकरण पद्धति अनुसार गराइन्छ । वरष्िठ यौन रोग विशेषज्ञ राजेन्द्र भद्राका अनुसार लिङ्ग, स्तन सानो-ठूलोले यौन सर्म्पर्कमा कुनै सम्बन्ध राख्दैन । भन्छन्, "यौन कला भएकाले त्यसको अभ्यास गर्न पो जान्नर्ुपर्छ त †"
उता पत्रिकामा विज्ञापन दिएकाहरू भने यस्तो कुरा मान्न तयार छैनन् । विगत तीन वर्षेखि यसै पेसामा लागेर शङ्करदेव क्याम्पसअगाडि औषधि बिक्री गर्दै आएका कुमार भारती एक महिनामा नै लिङ्गको आकार परविर्तन गरेर देखाइदिने दाबी गर्छन् । भन्छन्, "हामीले हाम्रै भीरपाखाका जडीबुटी सङ्कलन गरेर ल्याउने हो । त्यसलाई मिसाएर औषधि बनाउने हो ।" भारती जडीबुटीको नामचाहि“ भन्दैनन् । लिङ्गको आकारमा परविर्तन नआए औषधिको सबै पैसा फिर्ता गरििदने र कुनै साइड इफेक्ट गरेमा उपचार गरििदने उनको दाबी छ ।
पुरुषको तुलनामा महिलाहरू यौन समस्या भन्न लाज मान्छन् । त्यसैले महिलाहरूले कमै मात्रामा यस्तो औषधिको माग गर्दै आएको स्वयम्भूका फेमिली हेल्थ केयर सेन्टरका रत्न घिमिरे बताउ“छन् । उनी नेपालमै बनेको ब्लुबल नामक औषधि व्यापार गर्छन् । भन्छन्, "हामीले महिलाका समस्या बुझ्नका लागि महिला नै स्टाफ राखेका छौ“ । महिला भएपछि कुनै लाज मान्दैनन् ।" उनको पसलमा महिनाको १० देखि २० जना महिलाहरू यौन समस्या लिएर जाने गरेका छन् । पुरुषको सङ्ख्या दोब्बर छ ।
यौन रोग, दर्ुबलता, जनेन्द्रीयका साथै महिलाहरूको स्तन ठूलो पार्ने औषधि फरकफरक हुन्छन् । कुनै औषधि खाने हुन्छन् भने कुनै लगाउने । लिङ्गको आकार र स्तन बढाउने औषधि मलम र तेल हुन्छन् । यौन रोग र दर्ुबलताका लागि भने धूलो औषधि । शिव छत्कुली भन्छन्, "यी सबै औषधि फरक-फरक जडीबुटी मिसाएर बनाइन्छ ।" आफूले लिङ्ग बढाउने औषधिमा भने सिंहको बोसो, धतुरो र यार्सर्ााम्बा मिसाएर बनाउने गरेको छत्कुलीको दाबी छ ।
धेरै जडीबुटी लोपोन्मुख र खोजेर ल्याउन गाह्रो हुने भएकाले औषधिहरू निकै मह“गो भएको व्यापारीहरू बताउ“छन् । यस्ता औषषिको मूल्य एक हजार पा“च सयदेखि पा“च हजार रुपिया“सम्म छ । स्तन, लिङ्ग सानो-ठूलो पार्ने औषधि कम्तीमा तीनदेखि चार महिनासम्म खानर्ुपर्ने हुन्छ । सुरुमा परीक्षणका लागि ४५ दिनलाई औषधि दिने गरन्िछ । यौन रोगको औषधि भने धेरै समयसम्म खानर्ुपर्ने हुन्छ । तर, यौन रोग विशेषज्ञ भद्रा भन्छन्, "यसरी बजारमा देखिएका औषधिहरू जथाभावी प्रयोग नगर्नु नै जाती हुन्छ ।"



सुन्दरीको सेतो टिसर्टबाट सुकोमल छातीका केही भाग बाहिर चियाउन लागेजस्तो देखिन्थ्यो भने जिन्सको नीलो चुज पाइन्ट कम्मर छाड्न तयारजस्तो । पुरानो बानेश्वर, कुमारी कम्पलेक्सछेउ क्याबिन शैलीको साइबर रुममा पसिन् उनी । उनको रोजाइ सधैँ आठ नम्बर क्याबिन हुँदो रहेछ । याहु म्यासेन्जरमा उनले आप् mनो नाम टाइप गरिन्, लभ्ली प|mेन्ड । मादक च्याटमा केहीबेर रमाएपछि खुल्दै गए वल्र्ड सेक्स, पिन्क वल्र्ड, साइबर संसार, ठीकठाक जस्ता पोर्नो तथा मोडलिङ्का साइटहरु । कतै एकल युवतीका नग्न तस्बिर, कतै समलिङ्गीका । 










